Followers

Jul 28, 2010

बर्ष दिन पछि मात्र, फर्किन्छु कि मत !!!


किन किन आज मलाई,

म्यासेन्जर खोल्न मन लाग्यो।

म्यासेन्जरमै केहि बेर

तिमी संगै भुल्न मन लाग्यो।।

अनलाइन मा देखे तिम्लाई,

निन्द्रा टाढा भाग्यो।

तिम्रो मनकी प्यारीको, हालखबर

सोध्न मन जाग्यो।।

जति बेला पनि, याद मेरै,

“आउछ किन?” भन्छे।

बिर्स त नि, मलाई भन्दा,

आँसु पुछि रुन्छे।।

छचल्किदा माया तिम्रो, आँखाबाट बग्दै झर्यो होला

छाडी जान्छौ तिमि टाढा, त्यसैले पो होला

भनन त कसरी, मनाएउ त उसलाई

हुन्छ यस्तै मायामा, संसारमा सब्लाई

आँसु पुछि आँखाबाट, अंगालोमा लिए,

सबैभन्दा धेरै माया, उसैलाई नै दिए।।

त्यस पछि भन्न थालिन मेरो प्यारो राजा,

ओठमा चुमी बसिरहिन किन होला आज।।।

संसारको माया सबै, अंगलोमा भेट्टाएर होकि

धेरै दिनको अत्यार, संगै ऐलै पाएर पो होकि

धेरै भयो बिछोड यो, सम्झि छिटो आउ

हेरिरनु पर्छ तिमिलाई, नखोज न भाउ

माया प्रिती रैछ कस्तो,

खाली यस्तै हुनी।

नियालेर हेर्न सक्छेउ,

तिम्रै मुटुमा त छुनि।।

मुटुमा नि नियालेर

नहेरेको हैन।

अरिकल र भेन्ट्रिकल, भन्दा अरु,

केहि पनि छैन।

अरिकल र भेन्ट्रिकल, मात्र

हेरेउ तिम्ले किन।

बगिराको रगत हु, तिम्लाई,

ताजा जीवन दिन।

मध्यरात नि कटिसक्यो, कति गर्ने च्याट

तताउन गए अब, मेरो रित्तो खाट

हुन्छ काले तिमी पनि, ढुक्क भई सुत

बर्ष दिन पछि मात्र, फर्किन्छु कि मत!!!

.

No comments: