मन भरि आज
धेरै खुशी
जिन्दगीमा पहिलो पटक,
अहँ, भन्दिन कसैलाई
केबल मेरो उनीलाई बाहेक।
बिहानै उढ्नेछु,
मोबाईलमा रिचार्ज नि गर्नेछु,
किनकी भोलि धेरै बोल्नुछ
दुरि टाढा भएनी,
ध्वनीको तरंगबाटै
ऊनीलाइ भेट्नुछ
संगै भएको अनुभव गर्नुछ
अनि मेरो मनको कुरा
बाँकी नै नराखी भन्नु छ
आखिर ऊनी पनि त
मलाई सुन्न आतुर छिन
खै किन निन्द्रा नै लागेन,
ऊनी संग बोल्ने अतृप्त प्यासले होला
लौ आँखै नचिम्लि बिहानी पो भो
अब त उढ्नु छ
अनि उनीसंग बोल्नु छ
अनिदो का आँखा मिच्दै, पसलमा पुगे,
रिचार्ज नि गरे
हतार हतार फर्किए
लामो सास तान्दै उनको नम्बर डाएल गरे
ऊफ्स!! मेरो उनी कहा रहेछ?
कसैसंग गफ गर्दै पो थियो कि?
तेसैले त होला मेरो फोन कटेको
एकछिन कुरे, उनको काम सकिएला
अनि फेरि कल गरौला भनेर
फरी गरे
कल काटीयो
फेरि गरे
फेरि पनि काटियो
अब त मेरो मनलाई सोच्नै कर लाग्यो
किन ऊनले यसो गरिन् भनेर
छ्या मेरो मन पनि कति पापी छ
नचाहिने कुरा मात्र सोच्छ
ऊनि कतै टाढा पो हुन खोजिन की
हिजो सम्म मनमा राखेनि
आजै पो बाहिर फाल्न पो खोजिन की
नाइ यस्तो त कसरि हुन सक्छ र?
त्यसैले
फेरि कल गरे
फेरि पनि उस्तै
फोन त उनले काटि पो दिईन
धेरै पटक
अनि पटक पटक
के भो तिमीलाइ आज
हिजो सम्म आफ्नो मनको मान्छे
भन्ने तिमी
आज पराइ भन्दा पनि पराइ
किन????????????
No comments:
Post a Comment