Followers

Dec 25, 2010

अब म बाचौँ किन??????.....

तिमीलाई आफ्नो म

भन्न पाउन्न भने,

आफ्नो सोचेर, मुटुमा

राख्न मिल्दैन भने

मायामा जलेर म, अब

बाचौँ किन?


सहारा दिन

फैलेका ति तिम्रा हात

थाम्नलाई म सक्दिन भने

निर्दयी बनि म, अब

बाचौँ किन?


मेरो दुखमा

निस्केका पुछेर आँसु

तिम्रो ओठमा हाँसो

छर्न सक्दिन भने

लाचार बनि म, अब

बाचौँ किन?


गरेर माया

तिमी संग चोखो

अंगालन आखिर,

कसै, सक्दिन भने

निष्ठुरी बनि म, अब

बाचौँ किन?

No comments: